९१ जना न्यायाधीशको एकै पटक सरुवा


 


काठमाडौं, १५ साउन । न्याय परिषद्ले एकै पटक ९१ न्यायाधीशको सरुवा गरेको छ ।

मंगलबार बसेको न्याय परिषद्को बैठकले ९१ जना न्यायाधीशको सरुवा गरेको हो ।

प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना न्यायाधीशको सरुवा गरेको न्याय परिषद्ले जनाएको छ ।

प्रकाशित मिति: १५ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्