सिद्धार्थ बैंकका ग्राहकहरुलाई दुसीत् प्रिन्सेस्मा छुट
काठमाडौं, १५ श्रावण । सिद्धार्थ बैंक र दूसीत् प्रिन्सेस् काठमाडौं बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले लाजिम्पाट स्थित दूसीत् प्रिन्सेस्मा बैंकको कार्ड, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङ्गमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।
प्रकाशित मिति: १५ श्रावण २०८१, मंगलबार