निरोगी नेपाली अभियान पूरा गर्न सरकार प्रतिबद्ध : स्वास्थ्यमन्त्री पौडेल


 


काठमाडौँ १५ साउन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निरोगी नेपाली अभियान पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज मन्त्रालयमा स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको भेटघाटमा उहाँले स्वास्थ्य क्षेत्र सुधारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताउनुभयो । स्वास्थ्यमन्त्री पौडेलले एकीकृत ढङ्गबाट स्वास्थ्य प्रणालीको विकास हुनुपर्नेमा जोड दिनुभयो ।

आधारभूत स्वास्थ्यलाई निःशुल्क गराउनतर्फ आफ्नो ध्यान केन्द्रित भएको भन्नुहुँदै मन्त्री पौडेलले अन्य रोगको उपचारको स्वास्थ्य बीमाबाट गर्ने गरी सबैलाई यसको दायरामा लाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वास्थ्य सेवाको सुधार मन्त्रालयले मात्र गर्न नसक्ने भएकाले सबैको सहयोग आवश्यक रहेकोमा उहाँको जोड थियो ।

मञ्चका अध्यक्ष सरोज ढुङ्गेल, पत्रकार प्रवीण ढकाल, रामप्रसाद न्यौपाने, भिसा काफ्ले लगायतले जनतालाई उपचार सेवा प्रभावकारी बनाउनुपर्ने र स्वास्थ्यमा देखिएका अनियमिता हटाउनुपर्ने सुझाव दिनुभएको थियो ।

प्रकाशित मिति: १५ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्