एकै दिनमा बाग्लुङमा प्रभु बैङ्कको चारओटा शाखा बिस्तार
काठमाडौं । प्रभु बैंकले बाग्लुङमा एकै दिनमा चारओटा शाखा बिस्तार गरेको छ ।
बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं.–७, बोवाङ, निसीखोला गाउपालिका वडा नं.–५, निसी, वडिगाड गाउँपालिका वडा नं –२, खरबाङ र वडिगाड गाउँपालिका वडा नं.–७, भिमगिठे मा साउन १४ गते शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । उक्त शाखाहरुको समुद्घाटन बैंकका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनले गर्नुभयो ।
विभिन्न ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बैंकले जनाएको छ । प्रभु बैंकको यस अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।
बैंकको बोवाङ शाखा, निसी शाखा, भिमगिठे शाखा र खरबाङ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले आधुिनक बेंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
प्रकाशित मिति: १५ श्रावण २०८१, मंगलबार