२ वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनामा दिन्छु : प्रधानमन्त्री ओली


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विषयमा चिन्ता नगर्न आग्रह गरेका छन् ।

मंगलबार सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार मेरो नेतृत्वमा २ वर्ष चल्ने हो, २ वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै दुविधा हुन्न । यसपछि शेरबहादुरजीको नेतृत्वमा जाने हो।’

प्रधानमन्त्री ओलीले आफू २ वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनामा दिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर चुनावसम्म जाने बताए ।

भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र जनतालाई सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले नयाँ सरकार बनेको उनले बताए ।

प्रकाशित मिति: १५ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्