केरला पहिरोमा परेर एक नेपाली बालकसहित ४५ जनाको मृत्यु


 


एजेन्सी । दक्षिण भारतको केरला राज्यमा भीषण पहिरो जाँदा ४५ जनाको मृत्यु भएको छ ।

केरलाको वायनाड जिल्लामा मंगलबार बिहान पहिरो जाँदा ४५ जनाको मृत्यु भएको हो ।

भारतीय सञ्चार माध्यमहरूका अनुसारका अनुसार थोन्डरनाड क्षेत्रमा एक नेपाली परिवारका १ वर्षीय बालकको मृत्यु भएको छ।

मंगलबार बिहान वायनाडको पहाडी क्षेत्र मुंडक्कई र चूरलमाला क्षेत्रमा पहिरो गएको हो । पहिरोका कारण गाउँसम्म जाने बाटो र पुल बगाएपछि सुरक्षाकर्मीहरूले अस्थायी पुल बनाएर उद्धारका लागि पुगेको छ ।

त्यस्तै बाढी पहिरोका कारण ४ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । बाढीपहिरोमा फसेका २५० भन्दा बढीलाई उद्धार गरिएको छ ।

केरलका मुख्यमन्त्री पिनराई विजयनले वायनाडमा उद्धारका लागि सबै लागिसकेको बताएका छन् ।

भारत सरकारले पहिरोमा ज्यान गुमाएकाहरूको परिवारलाई २ लाख र घाइतेहरूको लागि ५० हजार राहत घोषणा गरेको छ ।

प्रकाशित मिति: १५ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्