कारबाहीको टुंगो नलागी डीएसपी लम्सालको निलम्बन फुकुवा


 


काठमाडौं । बालकुमारी गोली काण्डमा निलम्बनमा परेका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश लम्सालको निलम्बन फुकुवा भएको छ ।

निलम्बनको ६ महिनाको अवधि पुगेकाले उनको फुकुवा भएको हो । तर, उनको कारबाही भने टुंगो लागेको छैन ।

इपिएस परीक्षाको विषयमा भएको आन्दोलनमा डीएसपी लम्सालको निर्देशनमा गोली चलेको थियो । जसक्रममा दुई जनाले ज्यान गुमाएका थिए । माथिको अनुमति नलिई उनले गोली हान्न लगाएका थिए ।

उनीमाथिको विभागीय कारबाहीबारे भने अझै निर्णय हुन सकेको छैन । उनीसँगै निलम्बनमा परेका तत्कालिन यातायातमन्त्री प्रकाश ज्वालाका पिएसओ असई बोधराज दनुवारको पनि निलम्बन फुकुवा भएको छ ।

प्रकाशित मिति: १५ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्