कुटपिटबाट एक जनाको हत्या, आमा–छोरा पक्राउ


 


जनकपुरधाम, साउन १५ । धनुषामा कुटपिट गरी एक जनाको हत्या भएको छ ।

धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको हो । उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छन् ।

धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार सोमबार स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाको कुटपिटबाट ठाकुरको मृत्यु भएको खुलेको छ ।

बिहान साढे ११ बजे घरमै कुटपिटबाट गम्भीर घाइते ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको थियो ।

प्रहरीले कुटपिटमा संलग्न आमा–छोरालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रकाशित मिति: १५ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्