बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै


 


काठमाडौं, साउन १५ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार विश्वास मत लिँदैछन् ।

मुख्यमन्त्री लामाको विश्वास मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेश सभा बैठक बस्दैछ ।

मुख्यमन्त्री लामा साउन ९ गते नेपाली कांग्रेस, नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

११० सदस्यीय प्रदेश सभामा सरकारका लागि ५६ जनाको समर्थनको जरुरत पर्छ । प्रदेश सभामा नेपाली कांग्रेसका ३७, एमालेका २१ सांसद छन् ।

विपक्षीतर्फ माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, हाम्रो नेपाली पार्टीका दुई सांसद छन् ।

प्रकाशित मिति: १५ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्