२१ सचिवको सरुवा, को कहाँ पुगे ?


 


काठमाडौं, साउन १५ । सरकारले २१ सचिवको सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

सरकारले अर्थसचिव मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको भने राजस्व सचिव रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालयमा ल्याएको छ ।

उद्योग मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई राजस्व सचिवमा, उपराष्ट्रपति कार्यालयकी राधिका अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएकी छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालयमा, श्रम मन्त्रालयका घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र अख्तियारका रामेश्वर दंगाललाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ ।

मुकुन्दप्रसाद निरौलालाई श्रम मन्त्रालय लगिँदा रक्षा मन्त्रालयमा कार्यरत किरणराज शर्मालाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ । वाणिज्य सचिवमा प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव मधुसूदन बुर्लाकोटीलाई लगिएको छ ।

यस्तै राष्ट्रपतिको कार्यालयबाट डिल्लीराम शर्मालाई लोकसेवा आयोगमा सरुवा गरिँदा लोकसेवाका सचिव राजकुमार श्रेष्ठलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ ।

राष्ट्रपतिको कार्यालयमा नारायणप्रसाद दुवाडी, नेपाल ट्रस्टको कार्यालयमा रामाधार साह, खानेपानी मन्त्रालयमा प्रमिलादेवी बज्राचार्य र जल तथा ऊर्जा आयोगमा सुरेश आचार्यलाई सरकारले सरुवा गरेको छ । ​

भरतमणि सुवेदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पु¥याइएको छ । यसअघि उनी खरिद अनुगमन कार्यालयमा कार्यरत थिए ।

गोकर्णमणि दवाडीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट राष्ट्रिय तथ्याङ्क कार्यालय सरुवा गरिएको छ । यस्तै तथ्याङ्कका सचिव अर्जुनप्रसाद पोखरेल भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सरुवा भएका छन् ।

प्रकाशित मिति: १५ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्