कांग्रेस महामन्त्री थापालाई रविको प्रश्न – मैले सहकारीबाट ऋण लिएको प्रमाण खोइ ?


 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापासँग आफुले सहकारीबाट ऋण लिएको पुष्टि गर्न चुनौती दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले महामन्त्री थापालाई यस्ते चुनौती दिएका हुन्।

सहकारीमा आफूले निवेदन दिएर ऋण लिएको प्रमाण अहिलेसम्म आफुले नपाएको सभापति लामिछानेले बताए ।

सभापति लामिछानेले गगनलाई लक्षित गर्दै भने, ‘एकजनाले मैले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नुभएको थियो, मैले भनेको थिएँ त्यो प्रमाण बाटोमा तपाईंले जहाँ फ्याकेर हिँडेपनि म राजनीति छाड्छु भनेर । मैले आजसम्म त्यो प्रमाण पाउन सकेको छैन । यसरी सदनलाई झुक्याउने गलत कुराहरु भन्दिने ।’

सभापति लामिछानेले ठूला भ्रष्टाचारको काण्डहरुमा गलत सूचनाहरु दिएर संसद र राष्ट्रलाई भ्रममा पार्ने काम गर्न नहुने बताए ।

नेताहरूका यस्तै अभिव्यक्ति र संसदमा भइरहेको पछिल्ला गतिविधिहरूले अव मुलुकका लागि रास्वपा नै देशको विकल्प हो भन्ने कुरा स्पष्ट भएको लामिछानेले बताए ।

प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्