प्राधिकरणका महानिर्देशक अधिकारीलाई तत्काल निलम्बन गर्नुपर्छ : सांसद राणा


 


काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पदबाट तत्काल निलम्बन गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद राणाले यस्तो बताएका हुन् । सांसद जबराले प्राधिकरणको नेतृत्वकै कारण हवाई दुर्घटना भइरहेको दाबी गरे।

सांसद राणाले भने ‘अहिलेको डिजीले राजीनामा दिनुपर्दैन ? अथवा डिजीले राजीनामा नदियो भने सरकारले अनुसन्धान चलिरहेको बेलासम्म त्यो डिजीलाई सस्पेन्स गर्नुपर्दैन ? हामीले यो विभिन्न घटनाहरू हुन्छ । हामी सबैले संसदमा बोल्छौँ ।’

सरकारले जिम्मेवारी निकाय र व्यक्तिको रुपमा नेतृत्वलाई निलम्बन गरेर सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्नुपर्ने बताए ।

प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्