गृहमन्त्री र आइजीपीसँग छलफल गर्दै संसदीय छानविन समिति, रवि लामिछाने अनुसन्धानमा तानिदै


 


काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारी ठगी प्रकरणको छानविन गर्न गठित संसदीय समितिले आज गृहमन्त्री र आईजीपीसँग छलफल गरेको छ ।

सहकारी बचत रकम दुरूपयोग संसदीय छानबिन विशेष समितिले गृहमन्त्री रमेश लेखक, गृहसचिव एकनारायण अर्याल र प्रहरी प्रमुख बसन्त कुँबर सहभागी भएका छन्।

सोमबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालय समितिको बैठकमा विशेष समितिले छलफल गरेको हो ।

तीन महिनाको समय पाएको समितिले सहकारीसँग जोडिएका विभिन्न निकायहरुसँग छलफल गर्दै आएको छ । समितिले समस्याग्रस्त २९ वटा सहकारीमाथि छानबिन गरिरहेको हो।

प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्