राप्रपा जिल्ला अध्यक्षहरूको भेला गर्दै


 


काठमाडौं, साउन १४ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला अध्यक्षहरूको भेला गर्ने भएको छ ।

राप्रपाले यही साउन १७ र १८ गते काठमाडौंमा जिल्ला अध्यक्षहरुको भेला गर्न लागेको हो ।

राप्रपाले पार्टीको समग्र सांगठनिक अवस्था, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा, पार्टीले लिएका नीति र यसले पार्टी पंक्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गर्दै आगामी रणनीति तय गर्नका लागि जिल्ला अध्यक्षहरूको भेला गर्न लागेको हो।

भेलाको पहिलो दिन अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्त लगायत रणनीति र आगामी कार्ययोजनाका बारे जिल्ला अध्यक्षहरुलाई ब्रिफिङ् गर्ने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

अध्यक्षको ब्रिफिङपछि ७७ वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको सांगठानिक प्रतिवेदन पेस गर्नेछन्।

पूर्वअध्यक्ष पशुपति शमसेर जबरा, निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी र नेताहरुले जिल्ला अध्यक्षहरुसंग सामूहिक छलफल गर्नेछन् ।

प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्