विराटनगरमा विद्यार्थीबीच कुटाकुट, एक जना घाइते


 


विराटनगर, साउन १४ । विराटनगरमा आइतबार राति विद्यार्थीबीच कुटाकुट हुँदा एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१ स्थित ल क्याम्पसनजिक राति ९ः३५ बजेतिर विद्यार्थीबीच कुटाकुट भएको हो ।

कुटपिटबाट बाराको कलैया नगरपालिका–१३ घर भइ विराटनगर–१ मा डेरा बस्दै आएका २१ वर्षीय रवीन्द्रप्रसाद कुशवाहा घाइते भएका छन् ।

प्रहरीका अनुसार ल क्याम्पसमा अध्ययनरत विद्यार्थीबीच सामान्य विवाद हुँदा कुटपिट भएको पाइएको छ ।

कुशवाहालाई पर्साको वीरगन्ज उपमहानगरपालिका–११ घर भएका २३ वर्षीय मिकलेश चौहानसहित ४ जनाको समूहले आक्रमण गरेको मोरङका डीएसपी ज्ञानेन्द्र बस्नेतले बताए । उनका अनुसार चौहानलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्