काठमाडौंमा थप तीन जनामा हैजा संक्रमण पुष्टि


 


काठमाडौं । काठमाडौंमा थप तीन जना हैजाका बिरामी भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रशोगशालामा परीक्षण गर्दा कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाण्डौका प्रमुख डा.अर्जुन सापकोटाले जानकारी दिए ।

बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि ललितपुरको एक सुधार केन्द्रमा हैजाका ७ जना बिरामी भेटिएका थिए । कार्यालय प्रमुख डा.सापकोटाले दूषित पानीका कारण हैजा फैलिएको हुनसक्ने बताए ।

उनकाअनुसार हैजाको जीवाणु सङ्क्रमित खाना वा पानी, सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले लाग्ने गर्दछ ।

प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्