एमालेले बोलायो सचिवालय बैठक


 


काठमाडौं, साउन १४ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

एमालेले आगामी बिहीबार सचिवालयको बैठक बोलाएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा पार्टीको कार्ययोजना कार्यान्वयन, इन्चार्ज परिर्वनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

एमालेले २०८१ को कार्ययोजना लागू गर्दैछ । यसअघि जिल्ला अधिवेशन नसकिएकाले नयाँ कार्ययोजना लागू हुन बाँकी छ ।

११ वटा जिल्ला अधिवेशन हुन बाँकी रहेको छ । ती जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न एमाले संगठन विभागले परिपत्र गरिसकेको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्