संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक बस्दै


 


काठमाडौँ, साउन १४ । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी गठित कार्यदलको बैठक आज बस्ने भएको छ ।

बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा अहिले बिहान ८ बजे बस्न लागेको हो ।

यसअघि शुक्रबार बसेको कार्यदलको बैठकले संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि रहेका असहमतिमा सैद्दान्तिक सहमति भएको बताइएको छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा सहभागी रहेका छन्।

प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्