अमेरिकामा एक नेपालीको गोली हानी हत्या


 


काठमाडौं, साउन १४ । अमेरिकी सहर टेक्ससमा एक नेपाली नागरिकको गोली हानी हत्या गरिएको छ ।

नेपाल रुकुमको बाँकेकोट–१० घर भएका दीपक वलीको आइतबार लुटेराको समूहले गोली हानेर हत्या गरेको हो ।

३० वर्षीय वली टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा कार्यरत थिए ।

लुटेराहरूले ग्याँस स्टोरमा पसेर एक्कासी गोली प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्