कैलालीमा थप दुईजनामा हैजा पुष्टि


 


धनगढी, साउन १४ । कैलालीमा थप दुईजनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।

धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका थप दुई जनामा हैजा पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठका अनुसार हैजा पुष्टि हुनेमा छ र आठ वर्षका दुई बालक छन् । योसँगै कैलालीमा हैजा पुष्टि हुनेको संख्या चार पुगेको छ ।

यसअघि सोही पशुपति टोलका २३ र २६ वर्षीय युवतीमा हैजा पुष्टि भएको थियो ।

प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्