पाकिस्तानमा साम्प्रदायिक लडाइँमा ३५ को मृत्यु


 


पेसावर, १३ साउन । उत्तरपश्चिमी पाकिस्तानमा जनजातिबीचको भूमि द्वन्द्वले मेसिन गन र मोर्टारहरूका साथ साम्प्रदायिक लडाइँमा परिवर्तन हुँदा हालसम्म ३५ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् ।

एक बन्दुकधारीले कृषि भूमिमा दशकौँ लामो विवादमा वार्ता गरिरहेको परिषदमाथि गोली चलाएका छन् । त्यो सँगै सुन्नी मुस्लिम मडागी र शिया माली खेल जनजातिहरू बुधबारदेखि लडिरहेका स्थानीय प्रहरी अधिकारी मुर्तजा हुसेनले बताउनुभयो । यद्यपि उक्त आक्रमणमा कोही पनि घाइते भएन । 

हुसेनका अनुसार यसले अफगानिस्तानको सिमानामा रहेको कुर्रम जिल्लामा एकसाथ बसोबास गर्ने कुलहरूबीच लामो समयदेखिको धार्मिक तनावलाई पुनर्जीवित गरेको छ ।

“सुरुमा जग्गा विवाद थियो, यो मुद्दा अहिले साम्प्रदायिक हिंसामा परिणत भएको छ”, हुसेनले भन्नुभयो, “सरकार र स्थानीय नेताहरूले जिर्गा (आदिवासी परिषद्) मार्फत लडाइँ रोक्न प्रयास भइरहेको छ तर अहिलेसम्म सफल हुन सकेको छैन ।”

साथै पाकिस्तानमा अन्तर–पारिवारिक झगडा सामान्य छ । पाकिस्तान सुन्नी बहुल देश हो । यहाँ शियाहरूले बारम्बार भेदभाव र हिंसाको सामना गर्छन् ।

शिया जनजातिले द्वन्द्वमा ‘सबैभन्दा बढी क्षति’ भोगेको भन्दै सरकारी अधिकारीले मृतक ३५ मध्ये ३० जना अल्पसङ्ख्यक सम्प्रदायका मारिएको बताउनुभयो ।

दुवै पक्षले पाराचिनार सहरवरपर केन्द्रित लडाइँमा स्वचालित हतियार र मोर्टारको प्रयोग गरिरहेको र त्यसलाई कानून प्रवर्तनले अवरुद्ध पारेको प्रहरी स्रोतले बताएको छ । 

“यस क्षेत्रमा अझै पनि साना र ठूला दुवै हतियारहरूको प्रयोगमा संलग्न झडपहरू देखिरहेको छ”, कुर्रम जिल्लाका वरिष्ठ अधिकारीले भन्नुभयो । कुर्रम पूर्व सङ्घीय प्रशासित जनजातीय क्षेत्रको हिस्सा हो । यो सन् २०१८ मा खैबर पख्तुनख्वा प्रान्तमा विलय भएको थियो ।

यस कदमले यस क्षेत्रलाई कानूनी र प्रशासनिक मूलधारमा ल्याएको छ । यद्यपि प्रहरी र सुरक्षा बलहरूले त्यहाँ कानूनको शासन लागू गर्न बारम्बार सङ्घर्ष गरेका छन् । रासस, एएफपी

प्रकाशित मिति: १३ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्