प्रधानमन्त्रीले मङ्गलवार मन्त्री र सचिवहरूलाई निर्देशन दिनुहुने


 


काठमाडौँ, १३ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सी मङ्गलवार मन्त्रीहरू, सचिवहरू र राष्ट्रिय योजना आयोगका पदाधिकारीहरूलाई निर्देश गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीले आज उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारीहरू, मुख्यसचिव र सचिवहरूसँग मन्त्रालयका गतिविधिहरूबारे छलफल गर्नुभएको थियो ।

छलफलमा सचिवहरूले आ–आफ्नो मन्त्रालयको वस्तुस्थिति एवं कामकाजका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले यसअघि सबै मन्त्रीहरूलाई एक महिनाभित्र परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभएको थियो ।

प्रकाशित मिति: १३ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्