महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्दै


 


काठमाडौं । नवौं महिला एसिया कपको फाइनलमा भारत र श्रीलंका आज उपाधिका लागि भिड्दै छन् ।

खेल आज दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । डम्बुला क्रिकेट रंगशालामा श्रीलंकालाई हराउँदै आठौं पटक उपाधि उचाल्ने लक्ष्यमा भारत छ ।

गत संस्करणमा पनि भारतले श्रीलंकालाई नै ८ विकेटले हराउँदै उपाधि जितेको थियो । महिला एसिया कपमा श्रीलंका र भारतको फाइनलमा भेट भने यो पाँचौं पटक हो ।

२००४ यता सुरु भएको महिला एसिया कपमा २०१८ को सिजनमा भारतलाई ३ विकेटले हराउँदै बंगलादेशले उपाधी जितेको थियो ।

प्रकाशित मिति: १३ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्