राइड सेयरिङको विरोधमा यातायात व्यवसायीले गरे स्कुटरमाथि तोडफोड


 


पोखरा । यातायात व्यवसायीहरुले राइड सेयरिङको विरोधमा गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन ठप्प पारेका छन् ।

राइड शेयरिङ विरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायातका चालक र सहचालकहरूले स्कुटरमाथि तोडफोड गरेका हन् ।

पृथ्वी चोकमा ग २० प ३९७३ को स्कुटरमाथि तोडफोड गरेका छन् ।

गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु ओसार्न पाउने कार्यविधि ल्याउन लागेको छ ।

यसअघि व्यवसायीहरुले कार्यविधि नल्याउन गत बिहीबार ४८ घन्टे अल्टिमेटम दिएका थिए ।

प्रकाशित मिति: १३ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्