रास्वपाको कारबाही अवैधानिक भन्दै निर्वाचन आयोग पुगे मुकुल


 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाही अवैधानिक भएको भन्दै महामन्त्री पदबाट मुक्त भएका मुकुल ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन्।

रास्वपाले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएका ढकालले निर्वाचन आयोगमा कारबाही अवैधानिक भएको दाबीसहित निवेदन दिएका हुन्।

ढकाललाई पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा पदबाट हटाएको थियो । उक्त निर्णय वैधानिक नभएको दाबी गर्दै ढकालले आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

पदीय भूमिकाबाट मुक्त गरेको पार्टीले आफूलाई औपचारिक पत्र हालसम्म नदिएको निवदेनमा लेखेका छन् ।

पार्टीले कारबाही गरेको विषयमा आफूलाई कुनै पत्र प्राप्त नभएको र सञ्चारमाध्यमबाट थाहा पाएको उनको दाबी छ ।

प्रकाशित मिति: १३ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्