लालबन्दी भाषा तथा साहित्य पुरस्कारका लागि उत्कृष्ट १० कृति छनोट
काठमाडौं, साउन १३ । लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि १० कृति छनोट भएका छन् ।
विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा रमेश सायनको अन्तर, यज्ञराज उपाध्यायको काली कर्णालीको लोकसाहित्य र संस्कृति, नगरकोटीको जोगियाना, प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीको नेपाली सङ्गीत दरबार, धीरेन्द्र प्रेमर्षिको पुरुष परीक्षा, मोमिला जोशीको प्रश्नहरू त बाँकी नै रहन्छन्, खेम बतासको बुढीपोल्ली, अखण्ड भण्डारीको बोरा, भूपिनको भूपिनका कविता र मोहन मैनालीको मुकाम रणमैदान सूचीमा परेका छन् ।
यी १० कृतिहरूमध्येबाट उत्कृष्ट एक कृतिलाई वाङ्मय परिषद्ले पुरस्कृत गर्ने परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताए ।
प्रकाशित मिति: १३ श्रावण २०८१, आइतबार