गोलान हाइट्सको फुटबल मैदानमा रकेट प्रहार, १२ बालबालिकाको मृत्यु


 


एजेन्सी । इजरायल र लेबनानको विवादित क्षेत्र गोलान हाइट्समा एक फुटबल मैदानमा रकेट प्रहार भएको छ ।

इजरायलको कब्जामा रहेको उक्त क्षेत्रमा बालबालिकाले फुटबल खेलिरहेको समयमा रकट प्रहार भएको थियो । सो रकट प्रहारबाट १२ बालबालिकाको मृत्यु भएको छ ।

इजरायली सुरक्षा बल आईडीएफले लेबनानी आतंकवादी समूह हिजबुल्लाहले रकेट प्रहार गरेको आरोप लगाएको छ। हिजबुल्लाह समूहले भने यो आरोप अस्वीकार गरेको छ।

यो घटनापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हिजबुल्लाह समूहले यो आक्रमणको महंगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति: १३ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्