माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै


 


काठमाडौँ, साउन १३ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज पनि बस्दैछ ।

आजको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ ।

साथै पार्टीका आगामी रणनीति, साङ्गठनिक विषयहरूमा पनि छलफल हुने बताइएको छ । केहीदिनदेखि पार्टीको सचिवालय बैठक लगातार बस्दै आएको छ ।

प्रकाशित मिति: १३ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्