महाकाली नदीमा हामफालेर १७ वर्षीया किशोरी बेपत्ता


 


धनगढी, साउन १३ । दार्चुलामा १७ वर्षीया किशोरी महाकाली नदीमा हामफालेर बेपत्ता भएकी छन् ।

शनिबार महाकाली नगरपालिकाको खलंगास्थित महाकाली नदीमा हामफालेर दुहु गाउँपालिका–४ थारा बस्ने १७ वर्षीया किशोरी धनिसा कुँवर बेपत्ता भएकी हुन् ।

प्रहरीले रोक्न खोज्दाखोज्दै उनले महाकालीमा हामफालेर बेपत्ता भएकी हुन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र सिंहका अनुसार शनिबार साँझ तटबन्धनको पर्खालमा उभिएकी खबर प्रहरीले पाएको थियो ।

नदी छेउमा धेरै मानिसहरू उपस्थित थिए तर किशोरीले आफूछेउ नआउन चेतावनी दिएकी थिइन् ।

छेल पारेर उनी नजिक पुगेका सुरक्षाकर्मीले समात्नै लाग्दा किशोरी महाकालीमा हामफालेकी हुन् । उनको खोजी गरिएपनि भेट्न नसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्