कर्णाली करिडोरको कालिकोट खण्ड अवरुद्ध


 


काठमाडौं, साउन १३ । कर्णाली करिडोरअन्तरर्गत सुर्खेत–जुम्ला सडक अवरुद्ध भएको छ ।

कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण यातायात सेवा बिहानदेखि नै अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले जानकारी दिए ।

जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत, जुम्ला, मुगु र हुम्ला प्रवेशको मुख्यस्थल हो ।

प्रकाशित मिति: १३ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्