काठमाडौँ उपत्यकाका पालिकामा आज सार्वजनिक बिदा


 


काठमाडौँ, साउन १३ । काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र मातहतका निकायमा आज सार्वजनिक बिदा दिइएको छ ।

बिहीबार राति मृत्यु भएका कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नकर्मी २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए । उनको बिहीबार मृत्यु भएको थियो ।

प्रकाशित मिति: १३ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्