गोरखामा पहिरोले पुरिएर पाँच जना बेपत्ता


 


गोरखा, साउन १३ । गोरखाको धार्चे गाउँपालिका–५ सिङग्लामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएका छन् ।

आज बिहान ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङ्गको घर पुरिँदा पाँच जना बेपत्ता भएका हुन् । उनका अनुसार दुर्गम स्थान भएकोले प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।

प्रकाशित मिति: १३ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्