संसद बैठक आज बस्दै, यस्तो छ कार्यसूची


 


काठमाडौं, साउन १३ । प्रतिनिधिसभा बैठक आज बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची राखिएको छ ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रकाशित मिति: १३ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्