तीन तहको चुनाव गराउन सरकार प्रतिबद्ध रहेको छ – प्रधानमन्त्री


 


काठमाडौं , माघ १०

आगामी वैशाखमा स्थानीय चुनाव गर्ने प्रमुख तीन दलको सहमति लगतै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवसँग छलफल गरेका छन । आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले २०७४ माघ ८ भित्र तीनै तहको चुनाव गराउन सरकार प्रतिबद्ध रहेको भन्दै निर्वाचन आयोगको तयारीबारे जानकारी लिएका छन  ।

प्रमुख निर्वाचन आयुक्त यादवले चुनावका लागि आयोग आन्तरिक र प्राविधिक रुपमा तयार भइसकेको भन्दै निर्वाचन सम्बन्धी ऐन कानुनको प्रतिक्षामा रहेको बताए । राजनीतिक ढिलासुस्तीका कारण चैतमा चुनावको सम्भावना टरिसकेको भन्दै प्रमुख निर्वाचन आयुक्त यादवले कम्तिमा एक सय दिन अगाडि नै आवश्यक कानुन बनाउन सुझाव दिए । अन्यथा २०७४ माघ ७ भित्र तीनवटै तहको चुनाव गराउन नसकिने यादवको भनाई थियो ।

प्रकाशित मिति: १० माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्