संसदीय सुनुवाइ समितिको बैठक सोमबार, निर्वाचन आयुक्तका लागि प्रधानबारे निर्णय हुने


 


काठमाडौं, १२ साउन। संघीय संसदको संसदीय सुनुवाइ समिति बैठक बोलाइएको छ । यही सोमबार बिहान साढे ११ बजे सिंहदरवारमा बस्नेगरी बैठक बोलाइएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले बताए ।

बैठकले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानलाई अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय लिनसक्ने बताइएको छ ।

सिफारिस भएका प्रधानको संसदीय सुनुवाइ भइसकेको छ । कानून समाजका कार्यकारी निर्देशक प्रधानमाथि कार्यालयमा कार्यरत महिलालाई जागिर लगाइदिने प्रलोभन दिएर यौन शोषण गरेको आरोप लागेको छ ।

विवादित प्रधानलाई आयुक्तमा अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा बहस चलिरहेको बेलामा समितिको बैठक राखिएको हो ।

प्रकाशित मिति: १२ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्