नेपाल एसबिआई बैङ्कद्वारा धनगढीको मेयर शैक्षिक कोषलाई सहयोग
काठमाडौं ११, साउन । नेपाल एसबिआई बैङ्क लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढीको एक सामुदायिक विद्यालयका छात्रालाई पोसाक उपलब्ध गराउने उद्देश्यले मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग गरेको छ ।
कार्यक्रममा बैङ्कका धनगढी शाखा प्रबन्धक विजय महर्जनले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई औपचारिक रूपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रम बैङ्कका सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोषकुमार भण्डारी लगायत बैङ्कका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो । बैङ्कले दिगो विकास हासिल गर्ने तथा सबैका लागि समावेशी र गुणस्तरीय शिक्षाको प्रवर्धन गर्ने उद्देश्यका साथ शिक्षाका लागि सहयोग गर्दै आइरहेको छ ।
हाल बैङ्कले १ सय शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १ सय २१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति: ११ श्रावण २०८१, शुक्रबार