दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत पुग्छ : ऊर्जामन्त्री खड्का


 


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने बताएका छन्।

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले २० औं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले अबको दुई वर्षभित्र कोही पनि विद्युतबाट बञ्चित नहुने बताएका हुन् ।

मुलुकको विद्युत विकासको क्षेत्रमा सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताएका मन्त्री खड्काले निजी क्षेत्रको समस्या समाधान हुने गरी आफूले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

विद्युत विकासलाई आफूले नजिकबाट नियालिरहेकाले काम गर्न सहज हुने उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि साथ दिन पनि निजी क्षेत्रलगायत सबै पक्षलाई आग्रह गरेका छन्।

उनले भने–‘९८ प्रतिशत विद्युतीकरण गरिसकेका छौं भनेका छौं। अब एक, डेढ वर्ष भित्र, दुई वर्षका लक्ष्य राखे पनि त्योभन्दा अगाडि नै लक्ष्य प्राप्ति गरी सबैको घरमा विद्युतीकरण गरिसक्छौं ।’

प्रकाशित मिति: ११ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्