नक्कली नोटसहित बालचनपुरबाट दुई जना पक्राउ


 


रौतहट। प्रहरीले रौतहटको बालचनपुरबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही जिल्लाको गोडैता नगरपालिका–८ निवासी ३२ वर्षीय नजरे आलम र सोही स्थानका इमामुल हक दर्जी छन्।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले एक हजार दरका १३ थान नक्कली नोटसहित दुई जनालाई बिहीबार राति पक्राउ परेको हो।

प्रहरीका अनुसार बागमती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई स्थानीय एक पेट्रोलपम्पबाट नियन्त्रणमा लिइएको थियो।

मोटरसाइकलमा पेट्रोल हालिरहेको अवस्थामा फेला परेका उनीहरूको मोटरसाइकल चेकजाँच गर्दा सिटकभर मुनि लुकाइराखेको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलसहित दुवैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति: ११ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्