सौर्य जहाज दुर्घटना : मृतकको पोष्टमार्टम सकियो, आजै परिवालाई शव बुझाइने


 


काठमाडौं । गत बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको शव आज आफन्तलाई बुझाइने भएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका अनुसार सबै शवको पोष्टमार्टम गरिसकिएकोले सबै रिर्पोट आएपछि आजै परिवारलाई हस्तान्तरण गरिने भएको हो ।

केही शवको भने डीएनए परीक्षण गर्नुपर्ने अवस्थाका भएकोले ति शवलाई के गर्ने भन्ने बारेमा छलफल भइरहेको बताइएको छ । डीएनए परीक्षण गरेर शवलाई हस्तान्तरण गर्न भने झण्डै २ हप्ता लाग्ने अनुमान छ ।

यद्यपि मृतकका आफन्तले भने क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने अडान लिएका छन् ।

facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing button
सौर्य एयरलाइन्स दुर्घटना

प्रकाशित मिति: ११ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्