राज्य व्यवस्था परामर्श समितिको बैठक बस्दै


 


काठमाडाैं, माघ १०
संसदको राज्य व्यवस्था परामर्श समिकिो बैठक आज बस्दैछ ।  सिंहदरबारस्थित समिति कार्यलयमा बस्ने बैठकमा निर्वाचनसँग सम्बन्धीत विभिनन तीन वटा विधेयमाथि छलफल हुनेछ ।

माघ १५ भित्र निर्वाचन मिति घोषणा गर्ने तयारीमा रहेको सरकार र निर्वाचन आयोगले आवश्यक कानुन निर्माणपछि एक सय २० दिन तयारीका लागि आवश्यक पर्ने बताएपछि त्यी विधेयकलाई अन्तिम रुप दिने तयारीमा समिति जुटेको हो ।

दलहरुबीच सहमति जुट्न नसक्दा लामो समय समितिमा थन्किएका निर्वाचन आयोगको काम कर्तव्य र अधिकार सम्बन्धी विधेयक, मतदाता नामावली सम्बन्धी विधेयक र राजनीतिक दलसम्बन्धी विधेयकलाई आजको बैठकले अनुमोदन गर्ने कार्यतालिका छ ।

कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको प्रतिवेदनलाई आधार मानेर ती वटै विधेयकलाई आज अन्तिम रुप दिने तयारी भएको समिति सदस्य रामकृष्ण यादवले जानकारी दिए ।

प्रकाशित मिति: १० माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्