कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन


 


काठमाडौं, साउन ११ । काठमाडौँको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ ।

मिर्गौलासम्बन्धी रोगबाट पीडित उनको बिहीबार राति निधन भएको नगरपालिकाका सूचना अधिकारी प्रकेश चन्द्र श्रेष्ठले जानकारी दिए ।

उनको वीर अस्पतालमा उपचार हुँदै आएको थियो ।

प्रकाशित मिति: ११ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्