काठमाडौँका थप दुई जनामा हैजा पुष्टि


 


काठमाडौँ, १० साउन । काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा थप दुई जनामा हैजा पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिनुभयो। यो सँगै हैजा पुष्टि हुनेको सङ्ख्या तीन पुगेको छ।

गत मंगलबार ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवस्थित एक पुनर्स्थापना केन्द्रमा बस्ने १६ वर्षीय किशोरमा हैजा पुष्टि भएको थियो। सोही ठाउँबाट आउनुभएका दुई जना झाडापखालाका बिरामीमा हैजा पुष्टि भएको डा. बसौला बताउनुभयो।

उहाँ भन्नुहुन्छ, “ठैवस्थित एक पुनर्स्थापना केन्द्रबाट आउनुभएका थप दुई जना बिरामीमा हैजा पुष्टि भएको छ। एक जना बिरामीको झाडापखाला साथै मिर्गौला सम्बन्धी समस्या भएकाले पाटन अस्पतालको आइसियुमा रिफर गरियो। अर्को एक जना हैजा पुष्टि भएको रिपोर्ट आउन बाँकी हुँदा अस्पतालबाट भागिसक्नुभयो।”

सुरुको दिन हैजा पुष्टि भएका बिरामीको स्वास्थ्यमा सुधार आएकोले डिस्चार्जको तयारी गरेको उहाँले जानकारी दिनुभयो।

प्रकाशित मिति: १० श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्