मुख्य सचिवमा लीलादेवी गड्तौला नियुक्त


 


काठमाडौँ । सरकारले मुख्य सचिव नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो ।

सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् ।

उनलाई यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कामु मुख्य सचिव बनाएको थियो ।

प्रकाशित मिति: १० श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्