स्रोत नखुलेको १२ लाखसहित तनहुँबाट दुई जना पक्राउ


 


तनहुँ। स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुई जना पक्राउ परेका छन् ।

तनहुँको व्यास नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका-५ पासाबाङ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका-१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसी रहेका छन्।

काठमाडौंबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा उक्त नगद बरामद भएको हो ।

प्रकाशित मिति: १० श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्