दम्पती आफ्नै घरमा मृत अवस्थामा फेला


 


हेटौंडा, साउन १० । हेटौंडा उपमहानगरपालिका–५ लटिनाथमा एक दम्पती आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।

हेटौंडा बजार नजिकै रहेको लटिनाथ चिसापानीका ६२ वर्षीय केशव भण्डारी र उनकी श्रीमती ५६ वर्षीया अम्बिका भण्डारी बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार केशव पंखा झुन्ड्याउने फलामको हुकमा नाइलनको डोरीको पासो लगाइ झुन्डिएको अवस्थामा र अम्बिकाको घाँटीमा धारिलो हतियार प्रहारबाट हत्या गरिएको अवस्थामा फेला परेका थिए ।

केशवले पत्नीको हत्या गरेर आफू झुन्डिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । छोराबुहारी र आमाबुबा एउटै घरमा बसे पनि चुल्हो अगल थियो । विगत ४ महिनादेखि भण्डारीले डिप्रेसनको औषधि खाँदै आएका थिए ।

प्रकाशित मिति: १० श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्