यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


 


काठमाडौं, साउन १० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

हिजो अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३४ रुपैयाँ २१ पैसा थियो ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १४५ रुपैयाँ ५४ पैसा छ ।

यस्तै बेलायती पाउण्ड १ को खरिद दर १७२ रुपैयाँ ५२ पैसा र बिक्री दर १७३ रुपैयाँ ३ पैसा छ ।

प्रकाशित मिति: १० श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्