रास्वपा केन्द्रीय समितिको बैठक बस्दै


 


काठमाडौं, साउन १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आज (बिहीबार) बस्दैछ ।

बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको हो ।

बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशाबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार बैठकमा दलको अधिवेशनको तयारीबारे पनि छलफल हुनेछ ।

प्रकाशित मिति: १० श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्