प्रभु स्टक मार्केटको औपचारिक उद्घाटन


 



काठमाडौं, ९ साउन । प्रभु बैङ्क लिमिटेडको शतप्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडले बुधबारदेखि कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरेको छ ।

प्रभु बैङ्क लिमिटेड सञ्चालक समिति अध्यक्ष लिलाप्रकाश सिटौलाले बुधबार एक समारोहका बिच उद्घाटन गर्दै बैङ्कको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा शेयर कारोवारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले व्यावसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकास आफ्नो तर्पmबाट केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा प्रभु स्टक मार्केट लिमिटेडले सफलता पाउन सकोस् भनी शुभकामना समेत व्यक्त गर्नुभयो ।

कार्यक्रका विशेष अतिथि बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैङ्कको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकाले खुसी लागेको बताउनुभयो । प्रभु स्टक मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भीष्मप्रसाद उप्रेतीले ब्रोकर कम्पनीको रूपमा स्थापित यस संस्थाले धितोपत्र खरिदबिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाँउबाट सरल र सहज रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बुद्धनगर – १०, नयाँबानेश्वर काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पुँजी बिस करोड रुपैया रहेको छ ।

प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्