निर्वाचन आयोगका प्रस्तावित आयुक्त प्रधानको संसदीय सुनुवाइ जारी


 


काठमाडौं । संसदीय सुनुवाई समितिमा निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको सुनुवाई गोप्य रुपमा सुरु भएको छ।

संसदीय सुनुवाई समितिको बैठकमा यौन शोषणको आरोप लागेका प्रधानको सुनुवाई बन्द बैठकमा भएको हो ।

सुनुवाई समितिले जागिर लगाइदिने प्रलोभनमा पारेर निरन्तर यौन दुर्व्यवहार गरेको भन्दै उनीविरूद्ध उजुरी गरेका उजुरीकर्तासँगको छलफल गरेको थियो ।

संसदीय सुनुवाइ छलफलमा पत्रकारलाई बाहिरै राखेर छलफल गरिएको हो। जागिर लगाइदिने प्रलोभनमा निरन्तर यौन दुर्व्यवहार गरेको प्रधानमाथि आरोप छ।

प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्