जहाज दुर्घटनाको अवस्था बुझ्न विमानस्थल पुगे प्रधानमन्त्री ओली


 


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटना स्थलमा पुगेका छन् ।

उद्दारको काम सकिएपछि प्रधानमन्त्री ओली दुर्घटनास्थल निरीक्षणका लागि विमानस्थलमा पुगेका हुन् ।

यसअघि गृहमन्त्री रमेश लेखक पनि निरीक्षणका लागि विमानस्थल पुगेका थिए ।

बिहान ११ः११ मा काठमाडौंबाट इन्जिन परीक्षणका लागि पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र दुर्घटनामा परेको थियो ।

विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घाइते भएका पाइलटको उपचार भइरहेको छ ।

प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्